काठमाडौं,१४ असार ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक,२०८३ पारित भएको छ । आइतबार बसेकाे प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक-२०८३ पारित भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा बैठकमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसअघि अर्थमन्त्री वाग्लेले विधेयकमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।






