बुटवल,१४ असार ।
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको सडक दुर्घटनामा निधन भएको छ ।
जिल्लाकाे स्वर्गद्वारी गाउँपालिकाको वडा नम्बर २ स्थित बाङ्गेसल्लामा आफैले चलाएको लु.प्र.०१-००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रीत भई सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण बारे अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।






