लुुम्बिनी,१ बैशाख ।
नयाँ बर्ष २०८० को पहिलो दिन बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको सर्वाधिक घुईचो लागेको छ । कोभिड १९ कारण झण्डै तीन बर्षसम्म खुम्चिएको पर्यटन क्षेत्रलाई उत्साहित बनाउने गरी लुम्बिनीमा पर्यटकको घुईचाे लागेको लुम्बिनी बिकास कोषले जनाएको छ ।

कोभिड १९ पछाडि लुम्बिनीमा अहिले सम्मकै सर्वाधिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको लुम्बिनी बिकास कोषका सुचना अधिकृत राजन बस्नेतले जानकारी दिए । उनले दिएको जानकारी अनुसार साझ ७ बजेसम्म १६ हजार बढीले मायादेवि मन्दिरको अवलोकन गरेका छन् ।

लुम्बिनी आएका पर्यटकहरु निक्कै उत्साहित हुदै नयाँ वर्षमा खुसीयाली साटासाट गर्दै लुम्बिनीको तस्बीर कैद गर्ने सेल्फी लिनेमा निकै व्यस्त थिए ।
नयाँ वर्षको पहिलो दिन निजी सवारी साधन कार, जिप, भ्यान, मोटरसाईकल, साईकल तथा सार्वजनिक साधन भाडामा लिएर उल्लेख्य मात्रामा पर्यटकहरु लुम्बिनीमा पुगेका थिए ।

लुम्बिनीमा आज लुम्बिनी प्रदेश सहित गण्डकी र बाग्मती प्रदेशका जिल्लाबाट पर्यटकले लुम्बिनीको भ्रमण गरेको बताईएको छ । भारत तथा तेश्रो मुलुकबाट पनि उल्लेख्य मात्रामा लुम्बिनीमा पर्यटक आएका थिए ।