बुटवल,१ बैशाख ।
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने अनुमान गरिएको छ ।
दिउँसो र बेलुकीको समयमा हावाहुरी चल्ने हुँदा त्यस आसपासका क्षेत्रका नागरिका सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
आज बेलुकीपख पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । माैसमविद् योजना लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना भने छैन । पानी नपर्दा गर्मी बढेको छ भने डढेलो, धुवाँधुलोलगायतका कारण वायु प्रद”षण बढेको छ ।









