काठमाण्डौ,३० चैत ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् ।

बिहिवार दोस्रो चरणको चुनाव हुनुअघि उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन गरेपछि श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

यसअघि बुधवार नै भएको चुनावको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दिउँसो २ बजेका लागि दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

पहिलो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई त्रिपक्षीय प्रतिस्पर्धामा थिए । पहिलो चरणबाट सांघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको चुनाव हुने तय भएको थियो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त ल्याउनुपर्ने ब्यवस्था छ ।