काठमाण्डाै,२९ चैत ।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै सातदाेबाटाे युथ क्लब शीर्ष स्थानमा उक्लिएकाे छ ।
आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा सातदाेबाटाेले मनाङलाई १–० गाेलले हरायाे । मनाङका लागि दीपकराज सिंह ठकुरीले गाेल गरे ।
याे जितसँगै शीर्ष स्थानमा पुगेकाे मनाङकाे ८ खेलमा १६ अङ्क भएकाे छ । मनाङ उति नै खेलमा १५ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ ।
यस्तै आजै भएका खेलमा सङ्कटा क्लब र हिमालयन शेर्पा क्लब विजयी भएका छन् । सङ्कटाले न्युराेड टिम (एनआरटी) र हिमालयनले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हरायाे ।






