काठमाडौं,२९ चैत ।
कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ ।

यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १२ हजार २२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ७७ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ८१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये २५ जना संस्थागत आइसोलेशनमा, ११ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४२ हजार एक सय ८० जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।