सिन्धुली,२९ चैत ।
सिन्धुलीको कमलामाई नगरपालिका–३ मा पर्ने गढी गेट नजिक भारतीय नम्बर प्लेटकाे कार दुर्घटना हुँदा ४ जनाको मृत्युु भएको छ ।

फूर्वबाट काठमाण्डौतर्फ जाँदै गरेको बीआर ०६ डिडि ०६८७ नं. भारतीय कार गएराति साढे १२ बजे बिपी राजमार्ग अन्तर्गत गढी गेट नजिक सडकबाट ५ सय फीट तल खसेर दुर्घटना भएको हो ।

५ जना सवार कारमा ३ जनाको घटनास्थलमै मृत्युु भएको र
१ जनाको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

घाइते अर्का एक जनाको उपचार भइरहेको छ । दुर्घटनामा परेका कसैको पनि परिचय खुल्न नसकेको प्रहरीले जनाएकाे छ ।