काठमाण्डाै,२५ चैत ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराएको छ ।
गुवाहिटीमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनायो ।
दिल्लीका लागि डेविड वार्नरले ६५ र ललित यादवले ३८ रन बनाए । राजस्थानका ट्रेन्ट बोल्टले ३ विकेट लिए ।
यसअघि ओपनरद्वय यशस्वी जैसवाल र जोस बट्लरको शानदार पारीको मद्दतले राजस्थानले ४ विकेटको क्षतिमा १ सय ९९ रन बनाएको थियो । बटलरले ७९ तथा जैसवालले ६० रन बनाए ।
यसैगरी सिमरोन हेटमायरले ३९ को योगदान दिए । दिल्लीका लागि मुकेश कुमारले २ विकेट लिए ।
राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने तीन खेलमा खाता खोल्न नसकेको दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।





