बुटवल,२५ चैत ।
कला संस्कृतिमा देखापरेका बिकृती किसंगति हटाउन सकेमा लोक संस्कतीमा सुनमा सुगन्ध एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।

शनिबार बुटवलमा आयाेजित लोक दोहोरी प्रतिष्ठान नेपाल रुपन्देहीको क्यालेण्डर बिमोचन तथा नया बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा बाेल्ने बक्ताहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा लोक दाहोरी प्रतिष्ठान नेपालका केन्द्रीय सल्लाहकार खेम हमालले लोक संस्कृतीको जगेर्ना गर्ने काम लोक दोहोरी गायक तथा यसका शुभेक्षुकहरुको भएको बताए ।
लोक दोहारीमा पछील्लो समय अनुशासन तथा संस्कारहरु हराउदै गएकोमा चिन्ता ब्यक्त गर्दे उनलेे यसको सुधार गर्न आबस्यक रहेकोमा जाेड दिए ।

कला मृत्यु पछीको जिबन पनी भएकाले नागरीकलाई मनोरञ्जनका माध्यमबाट परिबर्तनको बाटोमा हिडाउन सकिने उनको भनाई छ ।

कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान नेपालका लुम्बिनी प्रदेश अब्यक्ष दिपु मगरले लुम्बिनी प्रदेशका सबै जिल्लामा बिभीन्न कार्यक्रम गरी लोक दोहोरीको महीमा र सबैलाई संगठीत गराउने बताए ।

कार्यक्रममा दिप बार्डीङ्गका प्राचार्य टिकाराम न्यौपाने, सल्लाहकार प्रेम घर्ती मगर, कलाकार दुर्गा पौडेल लगायतले लोक दोहोरी जनताको सुसेली भएको बताए ।

सो अबशरमा अग्रज कलाकार डिला गाहा,तौमाया थापा मगर,चेतन ढकाल र राम पाण्डेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अधयक्ष बिजय सापकोटाको अध्यक्षता तथा प्रथम उपाध्यक्ष रितु थापाको स्वागत तथा सचीब बिधान कार्काीको संचालनमा सम्पन्न भएको हो ।