काठमाण्डौ,२३ चैत ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १ हजार ४ सय २ जनाको नमुना परीक्षण गर्दा ८५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २७ जना संक्रमित निको भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या ३ सय ५८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७५ हजार ६१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।






