काठमाण्डौ,२२ चैत ।
नेपालमा पछिल्लो २४ घण्टामा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टीजेन गरी एक हजार ७ सय ६८ जनाको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोही अबधिमा थप २८ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय २२ जना पुगेको छ ।






