काठमाडौँ,२० चैत ।
नेपालमा पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनाको कोरोना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा १६ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८ हजार ७०३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।






