बुटवल,१८ चैत ।
नेपालको जयहोस् भन्ने गीति एल्वम विमोचन गरिएको छ । स्वतन्त्र नागरिक समूह नेपालका संस्थापक अध्यक्ष विश्वराज गैरेद्दारा प्रस्तुत गीतको शनिबार बुटवलमा एक कार्यक्रमकाबीच नेपाली सेना मध्ये पश्चिम पृतना बुटवलका उपरथी यामप्रसाद ढकालले विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै उपरथी ढकालले नागरिकका लागि राष्ट्रियता सबै भन्दा ठूलो विषय भएकाले राष्ट्रियताको पक्षमा वोल्नु र गीत बनाउनु सकारात्मक पक्ष भएको बताए ।
नृत्य निर्देशक कमल राईको निर्देशनमा नेपालको जयहोस गीतको छायांकन रुपन्देहीको बुटवल, लुम्बिनी र पोखरामा भएको हो ।
स्वतन्त्र नागरिक समूह नेपालले बुटवलको नयांगाउंस्थित मुक्तिनाथ मन्दिरबाट छायाकंन शुभसाइत गरिएको थियो ।
गौतमबुद्धको जन्मस्थल लुम्बिनी, रुपन्देही शंकरनगरको वनबाटिका,तिलोत्तमाको गिर्वाण माध्यामिक विद्यालय हुंदै पोखरामा छायाकंन सम्पन्न भएको थियो ।
म्युजिक भिडियोलाई फिल्म निर्देशक शिव ढकाल र नृत्य निर्देशक कमल राईको निर्देशन रहेको छ । राष्ट्र भक्तीको भावनालाई उजागर गरेको उक्त नेपालको जयहोस् भन्ने गीत ६ मिनेट २० सेकेन्डको रहेको छ ।
नेपालको जयहोस् भन्ने गीतको शब्द, संगीत र रचना स्वतन्त्र नागरिक समूह नेपालको रहेको स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीले जानकारी गराए ।
स्वतन्त्र नागरिक समूह नेपालले जनताबाट हराउदै गएको देशप्रेम जागृत गराउने गरी उक्त देशभक्ति गीतको म्युजिक भिडियो बनाईएको हो ।
स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनभावना माध्यामिक विद्यालयका प्रधानाध्यापक सम्भु प्रसाद पराजुली ,कोटहीमाई माविका प्रधानाध्यापक डिल्लीराज भण्डारी नागरिक समाजका अगुवा पदम कार्की,स्वतन्त्र नागरिक समूहका उपाध्यक्ष दील बहादुर राना,महासचिव टोपबहादुर केसीले गीति एल्वमको बारेमा आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा गीतको छायांकनमा सहयोग गरेका नवज्योति अंगे्रजी स्कुल, जनभावना माध्यामिक विद्यालय , शिवपुर माध्यामिक विद्यालय, शान्ति नमुना माध्यामिक विद्यालय, गिर्वाण माध्यामिक विद्यालयका विधार्थीलाई सम्मान गरिएको थियो ।
त्यस्तै गीतमा मोडल गर्ने रजनी श्रेष्ठ, चांदनी गैरे, सजना अर्याल, नृत्य निर्देशक कमल राई, क्यामरामेन शिव ढकाल, सहायक निर्ते निर्देशक समित गुरुङलगायतलाई समान्न गरिएको छ ।
कार्यक्रममा विभिन्न विद्यालयका विधार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।






