काठमाडौ,१५ चैत ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) हरूको पदस्थापन भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार जना एआइजीहरूको पदस्थापन गरेको हो । बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआइजी श्याम ज्ञवालीको पदस्थापन गर्ने निर्णय गरेको हो ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा किरण बज्राचार्यको पदस्थापन गरिएको छ । टेकप्रसाद राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरेको छ ।
दीपक थापालाई भने प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा राखिएको छ । यसअघि प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा उनीहरूले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।
बढुवा भएसँगै उनीहरूको पदस्थापन गरिएको हो ।






