बुटवल,८ चैत ।
बुटवलको ऐतिहासिक तथा धार्मिक स्थल रजा ए मुस्तफा मस्जिद समितिको शपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

समितिको १५ औं अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बिच शपथ ग्रहणसँगै पदस्थापना सम्पन्न भएको हो ।
सोमबार सम्पन्न भएको अधिवेशनबाट मोहम्मद ईस्माईलको अध्यक्षतामा नयाँ कार्यसमित चयन भएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा अब्दुल सहमत, प्रथम उपाध्यक्षमा अकबर खाँन , दोश्रो उपाध्यक्षमा खलिल मिया र तेश्रो उपाध्यक्षमा ईसाद आलम सर्वसहमतिमा निर्वाचित भएका हुन । यस्तै महासचिबमा गफुर दिन मिया, सचिबमा सविर मियाँ, कोषाध्यक्षमा जलिल मियाँ, सहकोषाध्यक्षमा हाजि हिकमत दिन अधिवेशनबाट चयन भएका छन ।
यस्तै सहसचिबमा हसर दिन मिया, जमाल खान, जनुर दिल वारसी र गब्बार मियाँ चयन भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित समितिलाई शपथ ग्रहण लगत्तै पदस्थापना गरिएको निर्वाचन समितिका सदस्य मिठु खाँनले जानकारी दिए ।
बिक्रम सम्बत् १९७० मा स्थापित मस्जिद समितिका ४३८ सदस्य रहेका छन् । नवनिर्वाचित कार्यसमितले ऐतिहासिक मस्जिदको संरक्षण गर्दै धार्मिक कार्यलाई निरन्तरता दिने बताएको छ । मस्जिदले मदरसा शिक्षालाई जोड दिँदै धर्म, संस्कृतिको संरक्षणमा जोड दिने बताएको छ ।
समितिका निर्वतमान अध्यक्ष रहमद खाँनले रजा ए मुस्तफा मस्जिद बुटवलकै पुरानो र ऐतिहासिक रहेको बताउँदै यसको संरक्षण र विकासको लागि सबै लाग्नु पर्नेमा जोड दिए । मस्जिदले मदरसा शिक्षालाई जोड दिँदै आएको बताउँदै
उनलेे छात्रबासको ब्यवस्था सहित पठनपाठन हुँदै आएको बताए ।
राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्ने मुस्लीम अगुवाहरुले कार्यक्रममा जोड दिएका छन् । मुलुक धर्म निरपेक्ष राज्य घोषणा भइसकेकाे स्मरण गराउदै उनिहरुले धर्म निरपेक्ष राज्यमा सबै धर्म समुदायको धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।






