बुटवल,६ चैत ।
राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्ने मुस्लीम अगुवाहरुले जोड दिएका छन् ।

सोमबार बुटवलको सबैभन्दा पुरानो रजा ए मुस्तफा मस्जिद समितिको ३० औं बार्षिक साधारण सभा तथा १५ औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने मुस्लीम अगुवाहरुले राज्यले सबै धार्मीक समुदायलाई समान ब्यवहार गर्नुपर्नेमा जोड दिएका हुन् ।

मुलुक धर्म निरपेक्ष राज्य घोषणा भइसके स्मरण गराउदै उनिहरुले धर्म निरपेक्ष राज्यमा सबै धर्म समुदायको धर्म संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

मुस्लीम धर्म संस्कृतिको संरक्षणका लागि राज्यले मदरसा शिक्षामा लगानी बढाउनुपर्ने उनिहरुको भनाई थियो ।

रजा ए मुस्तफा मस्जिद समितिका अध्यक्ष रहमद खाँको सभापतित्व र समितिका पुर्व अध्यक्ष रुहुल अमिनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकार तथा राष्ट्रिय मुस्लीम आयोगका पुर्ब अध्यक्ष निर्दोश अली,निबर्तमान अध्यक्ष मकबुल मिया,पुर्ब अध्यक्ष समसुद्दीन मिया,समितिका बरिष्ठ उपाध्यक्ष मुहम्मद स्माइल,उपाध्यक्षहरु अकवर खाँन,अब्दुल सहमद,सचिब खालीद्दीन मिया,सह कोषाध्यक्ष इर्शाद आलम,कार्यसमिति सदस्य जुनुरुद्दीन वारसी,सदस्य मुहम्मद करीम लगायतले आ आफ्नो भनाई राखेका थिए ।

अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने समितिले जनाएको छ ।

बिक्रम सम्बत् १९७० मा स्थापित मस्जिद समितिका ४३८ सदस्य रहेका छन् ।