काठमाण्डाै,५ चैत ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसाल महासचिवमा मनोनीत भएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजदेखि लागू हुने गरी उपाध्यक्षमा मनोनीत गरिएको जानकारी दिए । उनले बैठकले चार जना उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि बताए ।

त्यस्तै केन्द्रीय सचिवालय सदस्यको सङ्ख्या १९ जना पुर्‍याइएकाे पनि उपमहासचिव खतिवडाले जानकारी दिए ।
उनले पार्टीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र आजदेखि सत्तापक्षको कुर्सीमा बस्ने निर्णय गरेको पनि बताए । सरकारमा जाने वा नजाने भन्नेबारेमा टुङ्गो भई नसकेको उनलेे बताए ।