बुटवल, ४ चैत ।
बुटवल बहुमुखीक्याम्पसमा स्ववियू निर्वाचनको लागि तोकिएको समय तालिकाअनुसार अनेरास्ववियूले निर्वाचनको आचार संहिता उल्लघन गरेकोमा आत्मलोचना गरेको छ ।

त्यस्तै निर्वाचन समितिले समेत अनेरास्ववियूलाई सजगबनाएको छ । आजब्याम्पसमाभएको ६विद्यार्थीसंगठनका नेताहरुकोे बैठकले आचार संहिता उल्लघन गर्नेलाई आत्मलोचना गराएको हो ।

आगामीदिनमाकोही कसैले पनिआचार सहिंता विरुद्धका गतीविधीहुननदिने विद्यार्थी संगठनका नेताले प्रतिवद्धता जनाएका छन ।
बैठकले केन्द्रिय अनुगमनसमितिवाट प्राप्तपत्रलाई छलफल माल्याई सोहीअनुसार आचार सहिंतापालनागर्ने, मतगणनामा एक पटकमा १ जनामात्र बस्न पाउने,र सो व्यक्तिक्याम्पसको परिचयपत्रधारी विद्यार्थी हुनु पर्ने निर्णय गरेको छ ।

निर्वाचनमा फरक परिचयपत्रमाआएको पाईएमा ततकालकानुनीकारवाहीगर्ने क्याम्पसमाभर्ना भएको व्यक्तिभएको खण्डमा क्याम्पसवाट निष्कासनगर्ने निर्णय भएको विद्यार्थी नेताहरुले हस्ताक्षर गरि जारी निर्णयमा उल्लेख गरिएको छ ।

आईतवार पूर्वघोषित समय तालिकामा बुटवल बहुमुखीक्याम्पसको निर्वाचनगर्न विद्यार्थीसंगठन बीच सहमतीभएको छ ।