lrofkfg ;df/f]x ;xefuL x'Fb} sf7df8f}F, $ r}t M /fi6«klt /fdrGb| kf}8]nåf/f zlgaf/ /fi6«klt lgjf; zLtn lgjf;df cfof]lht lrofkfg ;df/f]xdf ;xefuL x'Fb} k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, k|ltlglw;efsf ;efd'v b]j/fh l3ld/] / /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाण्डाै,४ चैत ।
राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सात वटै प्रदेशका प्रदेश सभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतल निवासमा गरिएको चियापान समारोहमा सम्बोधन गर्दै पदीय मर्यादा कायम राख्ने प्रतिबद्धता जनाएका हुन् । उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन तत्पर रहने समेत बताए ।

उनले भने,‘संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ ।’ राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा आफू सजग रहेको उनको भनाइ छ ।

नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्ग निर्देशक सिद्धान्त रहने उनले बताए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

गएको फागुन २९ गते पौडेलले राष्ट्रपति पदको पदभार सम्हाल्नु भएको हो ।