काठमाडौं,३ चैत ।
उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।

dtbfg ub}{ lqmofk’qL ;f+;b a/fn
sf7df8f}F, # r}t M ;ª3Lo ;+;b ejg gofF afg]Zj/df z’qmaf/ pk/fi6«klt kbsf nflu dtbfg ub}{ lqmofk’qL ;f+;b k|sfz a/fn . tl:a/ M rG›snf If]qL÷/f;;

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।
उनलाई मतदानका लागि ट्रमासेन्टरबाट संसद भवन लागिएको थियो ।

उपराष्ट्रपति पदका लागि आज भइरहेको चुनावमा किरियापुत्रीले पनि मतदान गरेका छन् ।

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ ९२० का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा किरिया बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका थिए ।

संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति चुनावको मतदानमा सहभागि भएको उनले बताए ।

उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएकी छन् ।