पोखरा,३ चैत ।
पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक झापाको दमककी २४ वर्षीया दीक्षा कार्की रहेकी छन् ।
को मृत्यु भएको हो ।
आज बिहान पोखरा महानगरपालिका–४ चिप्लेढुङ्गामा ग१ख ७१०८ नंको बसले कार्कीले चलाइरहेको ग९प ९९८९ नंको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।
कार्कीको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । बसचालक सागर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।






