बुटवल,१ चैत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ प्रदेशका प्रदेश प्रमुखहरुले बधाई ज्ञापन गरेका छन् ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको नेतृत्वमा ६ प्रदेशका प्रदेश प्रमुखहरुले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटगरि प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका हुन् ।

सोहि क्रममा प्रदेश प्रमुखहरुले संबिधानमा निर्दिस्ठ भएको संघीयता सम्बन्धि व्यवस्थालाई स्थायित्व बनाउनका लागि प्रदेशलाई बलियो बनाउनु पर्ने भन्दै प्रदेशलाई आबश्यक पर्ने ऐन नियम र राष्ट्रसेवक नियुक्ति सम्बन्धि अधिकार छिटो खोलिदिनु पर्ने सुझाव दिएका थिए ।

संबिधानमा ब्यबस्था भए अनुसार प्रत्यक कार्यालयहरुलाइ स्थायित्व दिनुपर्ने,प्रदेश प्रमुखहरुको मर्यादाक्रमलाई शुरुमा निर्धारित भएअनुसार पुन. कायम गर्दै पछिल्लो अबस्थामा लागु भएको मर्यादाक्रमलाई खारेज गर्नुपर्ने सुझाब दिएका छन् ।

त्यसैगरि राष्ट्रियता, गणतन्त्र र संघीयतालाई स्थायित्व दिनका लागि अस्थिर खालका गतिविधिहरु पुर्ण रुपमा निरुत्साहित गर्नुपर्नेमा पनि प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।

संघीय सरकार परिवर्तन हुदा साथ् प्रदेश प्रमुख परिवर्तन हुने परिपाटीले संघीयतालाई बलियो बनाउन सक्तैन भन्ने समेत प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

सो अबसरमा प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुखहरुबाट आएका सुझावहरुलाई ग्रहण गर्दै रास्ट्रपति,उप राष्ट्रपति र प्रदेश प्रमुखहरुलाई स्थायित्व दिने कुरामा सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश प्रमुखको मर्यादाक्रमका बिषयमा छलफल चलेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुखहरुको मर्यादाक्रम पुर्वाबस्थामा कायम गर्न आफु सकारात्मक भएको बताएका थिए ।

संघीयताको मर्म अनुसार एेंन नियमहरुलाई चाडो भन्दा चाडो पुरा गर्ने बताउदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियता .गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता बिषयलाई कमजोर पार्ने जस्ता खाले हर्कतलाई निरुत्साहित पार्न सरकार जति बेला पनि तयार रहेको बताएको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका प्रमुख स्वकीय सचिब नारायण प्रसाद आचार्यले जानकारी दिए .।