काठमाडौँ,३० फागुन ।
बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन फिर्ता भएको छ । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड र उद्योगी व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।
बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर आन्दोलन गर्दै आइरहेका थिए ।
उक्त आन्दोलनको नेतृत्व महासंघका तर्फबाट श्रेष्ठले गरेका थिए ।
बैंकविरुद्धको आन्दोलनको मुख्य माग ब्याजदर एकल अंकमा ल्याउनु पर्ने थियो ।






