काठमाण्डाै,२९ फागुन ।
उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकि जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकि छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरि यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा आफ्नो नाम रहेको भन्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी हुन् । उनले उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवलाई सघाउने पनि विज्ञप्तिमा जनाएकि छन् ।

जसपाबाट रामसहाय यादव पनि उपराष्ट्रपतिमा उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ । निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयाेगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।