काठमाण्डाै,२८ फागुन ।
आज पनि बेलुकीपख पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपखको मौसम बदली भइ एक/दुई ठाउँमा हल्का पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार आज काठमाण्डौमा भने खासै पानी पर्ने सम्भावना छैन । तर, बेलुकीपख भने काठमाण्डौको मौसम पनि बदली हुने सम्भावना छ ।

अन्य पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान छ । पहाडी क्षेत्रमा बिहान र दिउँसाेको मौसम सामान्यतया सफा नै रहने मौसमविद् पौडेलले बताए । तराईका जिल्लाको मौसम भने सफा रहेको उनको भनाइ छ ।