काठमाडौँ,२३ फागुन ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मार्फत चौधरीले राष्ट्रपतिको चुनाव अघि प्रधानमन्त्री प्रचण्डविरुद्ध गरिएको रिट प्रोक्सि वार भएको बताएका छन् ।
चौधरीले तत्कालीन सरकार र संयुक्त राष्ट्र संघको रोहबरमा टुंगोमा लगाएको विषयमा अनावश्यक रूपमा नउछाल्न चौधरीले आग्रह गरेका छन् । शान्ति प्रक्रियाका बाँकी काम समेत केही दिनभित्रै टुंगोमा पु¥याइने बताउदै उनले सर्वोच्चको रिटलाई लिएर अनावश्यक त्रसित र खुसी जरुरी नरहेको बताए ।






