काठमाण्डाै,१६ फागुन ।
आज देशका पहाडी क्षेत्रको एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने अनुमान गरिएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भइ एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।
यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान गरिएको छ ।









