काठमाडौं, १२ फागुन ।
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधानको रक्षा र अक्षरशः कार्यान्वयनका लागि नेपाली कांग्रेसबाट राष्ट्रपति हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले आफूहरुले विगतदेखि नै राष्ट्रपति आफ्नो दलकातर्फबाट हुनुपर्ने धारणा राख्दै आएको बताए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको छनी भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले अघिल्लो गठबन्धनमा सहभागी रहेको र लामो समयदेखि आफूहरुसँग सहकार्यमा रहेका आधारमा एकीकृत समाजवादी र अध्यक्ष नेपाल राष्ट्रपतिका लागि योग्य रहेको उनको भनाइ थियो ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सकारात्मक छलफल भएको भन्दै उनलेे साँझ पुनः बैठक बस्ने बैठकले राष्ट्रपति उम्मेदवार कुन पार्टीबाट हुने भन्ने टुंगो लाग्ने बिश्वास ब्यक्त गरे ।

राष्ट्रपतिकाे निर्वाचनका लागि शनिबार मनोनय गर्ने कार्यतालिका रहेको छ ।