काठमाडौँ,१२ फागुन ।
सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।
लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेका क्रिकेटर लामिछानेले बिहीबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछाने सर्वोच्च पुगेका हुन् ।
एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।






