बुटवल,१० फागुन ।
लायन्स क्लब अफ बुटवल क्षितिज डिस्ट्रीक्ट ३२५ बि को विद्यालय सहयोग कार्यक्रम अन्तर्गत असहाय बिधार्थीलाई छात्रबृत्ती प्रदान गरिएको छ ।
बुटवल उपमहानगरपालिका वडा न ४ मा अबस्थीत लक्ष्मी माबिमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र तथा छात्रलाई छात्रबृत्ती प्रदान गरिएको हो ।
हाल लक्ष्मी माबीमा अध्यनरत किड्नी फेल भएका कक्षा २ मा अध्ययन गर्ने छात्र श्रृष्टी पाठक सहित कक्षा ४ मा अध्ययन गर्ने बसन्त पुन र कक्षा ५ मा अध्ययन गर्ने णुणबिर रास्कोटीलाई कक्षा १० सम्म अध्ययन गर्नका लागि लाग्ने सम्पुर्ण खर्च ब्यबस्थापन थापा फर्नीचर उधोगले जिम्मा लिएको आयन्स क्लब अफ बुटवल क्षितीजका अध्यक्ष एमजेएफ पुजन थापाले जानकारि दिए ।
साे अबशरमा कार्यक्रमका प्रमुख अतिथी लायन पिएमसिसि पिएमजेएफ सुनिल ओजान्थान्चे ले लायन्स अन्तराष्ट्रीय संस्था भएतापनि स्थानिय तहमा बिभीन्न असाहय तथा गरिब परिवारलाई माथि उठाउने अयिानमा आफ्ना कदमहरु अगाडि बढाउदै लगेको बताए ।
कार्यक्रममा लक्ष्मी माबीका प्राचार्य शान्ती शर्माले बिधालयका छात्र छात्रलाई गरेको सहयोग प्रति थापा फर्नीचर उधोग तथा लायन्स क्लब अफ बुटवल क्षितीजप्रति आभार प्रकट गरे ।
उनलेे क्लबले गरेको सामाजीक कार्यले गरिब तथा जेहेन्दार बिधार्थीलाई पढ्ने बातारण बनाउने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लब अप बुटवल का सचीब अभिमन्यु पन्थी सहीत पुर्ब अधयक्षहरूकाे सहभागीता रहेको थियो ।






