एजेन्सी,९ फागुन ।
गत माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले मृत्यु भएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ ।

स्थानीय समयअनुसार सोमबार राति ८ बजेर ४ मिनेटमा हतायमा केन्द्रविन्दु बनाएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो। पछिल्लो भूकम्पमा परी कम्तीमा ३ जनाको मृत्यु भएको र २१३ जना घाइते भएको टर्कीका अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले जनाएको छ ।

माघ २३ को भूकम्पमा परी घरबारविहीन भएर खुला ठाउँ र त्रिपालमा रात बिताइरहेका मानिसहरू सोमबार फेरि आएको भूकम्पले आत्तिएका थिए ।

माघ २३ गतेको गएको भूकम्पपछि उक्त क्षेत्रमा केही दिनसम्म सयौं परकम्पहरू गएका थिए। पछिल्लो समय परकम्प जान रोकिएका बेला सोमबारको भूकम्प गएको हो ।