बुटवल,८ फागुन ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपाली चाड पर्वले नेपालीबीच बन्धुत्व,एकता र सद्भाव कायम गर्न मद्दत गरेको बताएका छन् ।

ग्याल्पो ल्होसार २१५० को पुर्वसन्ध्यामा सोमबार एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शेरचनले खासगरी नेपालको हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायले एक आपसमा खुसीयाली साटासाट गरी मनाउने यस चाडले नेपालीबीच बन्धुत्व,एकता र सद्भाव कायम गर्न मद्दत गरेको बताएका हुन् ।

फरक फरक भाषा,संस्कृति र समुदायजस्तो देखिए पनि अन्तत हामि नेपाली हौं भन्दै सन्देशमा मुलुकमा मनाइने यस्ता चाड पर्व र संस्कृतिहरुको संरक्षण तथा सम्वद्र्धन गर्नु हामि सबैको दायित्व भएको उल्लेख गरेका छन् ।