काठमाण्डौ,८ फागुन ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

सोमवार बसेको पार्टीको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई दिने निर्णय भएको उनले बताए ।

आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भएको बताउदै उनले प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिन दिने निर्णय भएको उल्लेख गरे ।
अब प्रधानमन्त्री प्रचण्डलेनै त्यसबारे अन्य पार्टीका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय भएको उनको भनाई छ ।
फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुने उपाध्यक्ष महराले विश्वस्त ब्यक्त गरे ।