स्याङ्जा, ८ फागुन ।
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगत भञ्ज्याङबाट मिर्दीका लागि छुटेकाे ग १ त ६८८६ नम्बरकाे ट्याक्टर वालिङ-६ को आम्डालीमा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चापाकोट-२ का नविन सुनार र वालिङ-८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा मृत्यु भएको हो ।

ढुङ्गा बोकेको ट्याक्टर गएराति अनियन्त्रित भइ सडकबाट १५ मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा ज्यान गएकाे प्रहरीले जनाएकाे छ।