पोखरा,४ फागुन ।
गण्डकी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार स्थापना दिवसकाे अवसरमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो ।

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा दिएको जनाइएको छ ।

संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश स्थापना दिवसको अवसरमा हिजो लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको थियो ।