काठमाडौँ,३ फागुन ।
न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

राजधानी काठमाडौ नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिएका चार जना महिलालाई प्रहरीले पक्राउ गरेको
हो ।

संसद्‍ बैठक चलिरहँदा बलात्कार आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमतीसहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए । प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको छ । जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।