पोखरा,२६ माघ ।
बसको ठक्करबाट पोखराको पृथ्वीचोकमा स्कुटर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कस्कीका प्रहरी निरीक्षक ज्ञान खड्का का अनुसार पोखरा ९ पृथ्वीचोकमा स्कुटर दुर्घटना हुँदा रेजिना आचार्यको मृत्यु भएको हो ।

रेजिनाले चलाएको गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ना ८ ख ५२५१ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक आचार्यको मृत्यु भएको इन्पेक्टर खड्काले बताए । घाइते आचार्यको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

२७ वर्षीय रेजिना पोखरा बुद्धचोकबाट पृथ्वीचोक तर्फ जाने क्रममा बसले ठक्कर दिएको हो ।