बुटवल,२३ माघ ।
भारतीय हिन्दु धर्मगुरु मुरारी बापु द्वारा यहि माघ २४ गतेदेखि ९ दिनसम्म हुने “राम कथा प्रवचन“ कार्यक्रमकाे बिषयलाई लिएर
लुम्बिनीमा तनाव भएको छ ।
बिश्व संम्पदा सुचिमा रहेको गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा राम कथा प्रवचन गर्न नहुने भन्दै बाैद्वमार्गी संयुक्त संघर्ष समितिले बिराेध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला बिवाद भएको हो ।
लुम्बिनीमा राम कथा वाचन हुनु ठिक हो र हुनुहुदैन भन्ने दुई पक्षबीच बिवाद भएपछि तनाव उत्पन्न भएको हो ।






