कपिलवस्तु,२३ माघ ।
प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्यानरत विधार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभुत विद्यालयमा अध्यानरत ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तुले जनाएको छ ।
शैक्षिक सामाग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले राज्यले सामुदायीक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताए । उनलेे अबको लडाई भनेको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्नेमा जाेड दिए । सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीले राष्टिय लेभलमा प्रतिशप्रर्धा गर्न सक्ने गरि नै शिक्षाको गुणस्तर कायम गर्दै लौजानु पर्ने उनको भनाई थियो ।
बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताए ।
प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा र लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।






