कपिलवस्तु, १८ माघ ।
लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समितिले प्रदेशका मुख्यमंन्त्री लिला गिरी लाई मदरसाको अवस्था तथा त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको छ ।

समितिका उपाध्यक्ष मौलाना मशहुद खाँं नेपाली सहितको टोलीले बुधबार मुख्यमंत्री गिरीलाई मदरसाको अवस्था तथा त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।

जामिया सिराजुलउलुम अल्सलफिया अध्यक्ष तथा राष्ट्रीय मदरसा संघ नेपालका संरक्षक समिम अहमद नदवी, राष्ट्रीय मदरसा संंघ नेपालका संरक्षक डा. मन्जुर खां,राष्ट्रीय मदरसा संंघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सल्लाहकार जहिर अहमद बरेलवी,राष्ट्रीय मदरसा संंघ नेपालका सदस्य मौलाना अब्दुल नूर सिराजी, अलताब खान, जाहिद हुसेन, असरफ खान लगायतको संयुक्त टोलीले मुख्यमंन्त्री गिरीलाई भेटेर मदरसाको वर्तमान अवस्था , सुधार गर्नुपर्ने पक्षहरू, मदरसामा पढाउने शिक्षकको व्यवस्थापन लगायत मदरसाको सम्पूर्ण समस्याको बारेमा ध्यानाकर्षण गराएका हुन् ।

सो अवसरमा मुख्यमंन्त्री गिरीले मदरसाको व्यवस्थापन तथा मदरसाको व्यवस्थापन र संरक्षण गर्न आफूहरू प्रतिबद्ध रहेको बताउदै मुस्लिम समुदायको साथ र सहयोग अपरिहार्य रहेको बताएको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहुद खांँ नेपालीले जानकारी दिए ।
साथै समिम अहमद नदवीले स्लाम धर्मको पवित्र पुस्तक नेपाली अनुबाद कुरान समेत प्रदान गरेका थिए ।