:d[ltdf bLk k|HHjng ul/Fb} sf:sL,!# df3 . ut df3 ! ut] kf]v/fsf] ;]tL vf]Frdf ljdfg b'3{6gfdf lgwg ePsfx?sf] :d[ltdf z'qmaf/ laxfg kf]v/f dxfgu/kflnsfn] 36gf:yndf cfof]hgf u/]sf] >4f~hnL ;efdf d[tsx?sf] :d/0fdf bLk k|Hjng ul/Fb} . ;xeflux? tl:a/ M s[i0f bjf8L÷/f;;

पोखरा,१३ माघ ।
गत १ माघमा गण्डकी प्रदेश मुकाम पोखराको सेती खोंचमा यती एयरको विमान दुर्घटनामा निधन भएकाहरुको स्मृतिमा घटनास्थलमा श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरिएको छ। शुक्रबार पोखरा महानगरले घटनाको १३औं दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।

विमान दुर्घटनामा निधन भएका यात्रुको स्मृतिमा दीप प्रज्वलन गरिएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शोकले पोखरा, कास्की जिल्लासहित समग्र गण्डकी प्रदेश स्तब्ध भएको बताए। दुर्घटनाका आला घाउ पुर्दै बाँचेकाहरुले नयाँ परिस्थितिको सामना गरेर अगाडि बढ्ने अठोट गर्नुपर्ने मुख्यमन्त्री अधिकारीको भनाइ छ।

उनले दुर्घटनापछि जोखिम मोलेर उद्धार कार्यमा महत्त्वपूर्ण योगदान गर्ने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्काउट, रेडक्रस, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी राजनीतिक दललगायतप्रति प्रदेश सरकारबाट कृतज्ञता व्यक्त गरे। पोखरा महानगर प्रमुख धनराज आचार्यले दुर्घटनाले पोखरालाई अपूरणीय क्षति पुगेको बताए।

माघे संक्रान्तिको बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको यती एयरको एटिआर विमान बिहान १०ः५८ बजे पोखराको वडा–७ र १५ को सिमास्थित सेती नदीको खोंचमा दुर्घटना भएको थियो । घटनामा विमानमा सवार ७२ जनामध्ये ७१ जनाको निधन भइसकेको छ भने एक जनाको खोजी जारी छ।दुर्घटनामा परेकामध्ये केहीको सनाखतका लागि काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालमा डीएनए परीक्षण गरिएको छ।