पाेखरा,२ माघ । आइतबार बिहान पोखरामा भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।

विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन । उनीहरुको खोजी जारी रहेको कास्कीका प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । उनीहरुको शव आज आफन्तलाई जिम्मा लगाउने तयारी छ ।

यसैबीच दुर्घटना भएको यती एअरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ‘ब्ल्याक बक्स’ विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्त्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइस रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ‘ब्ल्याक बक्स’ नेपाली सेनालाई बुझाइएको छ ।

‘ब्ल्याक बक्स’ आजै काठमाण्डाै ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ । हिजो बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट उडेको विमान पोखरामा अवतरण गर्ने क्रममा अचानक खोँचमा ठोक्किएर दुर्घटना भएको थियो । विमानमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार रहेका थिए ।

हालसम्म पहिचान भएका मृतकको सूची :