पोखरा,१ माघ ।
पोखरा स्थित सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ ।
विमान सेती नदीको खोँचमा धेरै तल खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । पोखरा स्थित गण्डकी अस्पतालमा ३१ जनाको शव लगिसकिएको उनले बताए ।
६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो ।
विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।






