पाेखरा,१ माघ । पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक रहेका छन् भने पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया,आयरल्यान्ड लगायतका देशका नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।