पाेखरा,१ माघ। पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ
जहाजमा ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना रहेका थिए ।
आज बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।
विमान दुर्घटनामा परेका ३२ जनाको शव निकालिएको छ ।
उद्धार कार्यमा खटिएका सुरक्षा स्रोतकाअनुसार ११ बजेर ३० मिनेट जाँदासम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको हो ।
पुरानो विमानस्थलको पछाडिपट्टि रहेको सेती नदी दोभानमा जहाज खसेको थियो ।
विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको आशंका गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।






