तनहुँ,२९ मंसिर । श्रीमतीको कुटाइबाट तनहुँमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएका ४० वर्षका मनबहादुर नेपाली रहेका छन् ।
घरायसी विवादमा ३६ वर्षकी श्रीमती सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

श्रीमतीको कुटाइबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो ।

सुशीलालाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।