काठमाडौं,२६ मंसिर । एक बर्षकाे अबधिमा वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाको मृत्यु भएको छ ।
गत आर्थिक वर्ष २०७८–०७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाकाे मृत्यु भएको हो ।
बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुक पुगेका नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।
यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा जनाइएको छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।





