दोलखा,१९ मंसिर ।
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् ।
एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन ।
कार्कीले ३६ हजार ९९५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् । उनिहरुबीचको मतान्तर ३१८ रहेको छ ।






