बुटवल,७ असार ।
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाकाे नवनिर्मित भवन उद्घाटन तथा स्मारिका बिमाेचन कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
एक करोड ३० लाखकाे लागतमा निर्मित भवनको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले निस्वार्थ रूपमा मानवीय सेवामा समर्पित रेडक्रस जस्तो संस्थाको आफ्नै भवन बन्नु राम्रो कार्य भएको भन्दै बुटवलमा निर्मित बिभिन्न सामाजिक संघ संस्थाका भवनहरू बुटवलको गहना भएको बताए ।
नेपाल रेडक्रस साेसाइटी बुटवल उपशाखाका सभापति बरिस्ठ अधिवक्ता डा. बेनबहादुर पाैडेल क्षेत्रीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष नरिश्वर शर्मा,नेपाल रेडक्रस साेसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी,जिल्ला सभापति राचन्द्र उपाध्याय,सल्लाहकारहरू आनन्दमान सिंह शाक्य,पुनाराम पाेखरेल,महेश्वर प्रसाद श्रेष्ठ,रक्तदाता कृष्ण चाैहान क्षेत्री,स्मारिका प्रकाशन समितिका सम्पादक हिरण्यलाल ज्ञवाली,रेडक्रस साेसाइटी बुटवल उपशाखाका सचिव लाेकनाथ पाण्डे, काेषाध्यक्ष डिलबहादुर थापा क्षेत्री,उपसचिव भुवनेश्वर भण्डारीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।
साे अवसरमा विभिन्न क्षेत्रबाट समाज सेवामा याेगदान दिनेहरूलाई सम्मान गरिएको थियो ।






